छैठौं कक्षाकी छात्रासॅंग दुर्ष्कम, आरोपित हिरासतमा

IMG-20230528-WA0320-5-300x172-5

सिलगढ़ीः नक्सलबाड़ीमा छैठौं कक्षाकी एक छात्रासॅंग दुष्कर्म गरिएको मामिला अघि आएको छ। आरोपित युवकलाई हिरासतमा लिइएको छ। जानकारी अनसार, शनिवार छैठौं कक्षाकी छात्रा छिमेकी युवकको घर गएकी थिइन्। यस अवधि युवकले छात्रालाई अन्यत्र लगेर उसको साथ दुष्कर्म गरेको आरोप छ। घटनापछि छात्राले आइतवार आफ्नो परिजनहरूलाई आफूसित भएको घटना बताइन्। जसपछि परिवारको तर्फबाट नक्सलबाड़ी थानामा एक लिखित शिकायत दर्ता गराइयो।

शिकायतको आधारमा पुलिसले युवकलाई आइतवार राति हिरासतमा लियो। नाबालिग छात्रालाई शारीरिक जाँचको निम्ति उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पठाइएको छ। नक्सलबाड़ी पुलिस अघिको कारबाहीमा जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement