खाजूवाला क्षेत्रमा एकजना पाकिस्तानी घुसपैठी समातियो

नयाँ दिल्ली: भारत पाकिस्तानको बीकानेर सेक्टरसित लागेको अन्तर्राष्ट्रिय सीमामा खाजूवाला क्षेत्रमा सजग बीएसएफ जवानहरूले बर्डरमा सीमा पारीबाट भारतीय क्षेत्रमा पसेको एक पाकिस्तानी घुसपैठीलाई समाएका छन्। बीएसएफका डीआईजी पुष्पेन्द्र सिंह राठौड़ले बुधबार जानकारी गराए, बीएसएफको बीओपी नेमीचन्दमा तैनात १२७ बटालियनको सजग जवानहरूले पाकिस्तान सीमाबाट भारतीय सीमामा पसेको एक पाकिस्तानी घुसपैठीलाई समाएका छन्। केरकारमा घुसपैठीले आफ्नो नाम अशफाक (३२), निवासी गाउँ छावनी ख्वाजा, जिल्ला सरगोधा पाकिस्तान बताएको छ। युवकसित केरकार गरी विस्तृत जानकारी जुटाइँदैछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement