खरसाङको पंखाबारी उच्चत्तर माध्यमिक विद्यालयमा भाषण र कविता आवृत्ति प्रतियोगिता सम्पन्न

IMG-20220518-WA0134.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत पंखाबारी उच्चत्तर माध्यमिक विद्यालयद्वारा छात्र-छात्राहरूको आन्तरिक ज्ञानलाई विकास गराउन हेतु आज लङभिऊ सार्वजनिक भवनमा पाँचौं र छैटौं कक्षाका निम्ति अंग्रेजी र सातौंदेखि दशौं श्रेणीसम्मको विद्यार्थीहरूका निम्ति नेपाली कविता आवृति पाठको आयोजना गरियो। विद्यालय पक्षबाट तयार गरिएको सूची अनुसार शिक्षक-शिक्षिकाहरूले आ-आफ्नो हाउसलाई अघि बढ़ाउन धेरै मेहनत गरिएको थियो। आजको इन्टर हाउस एलुकेशन प्रतियोगिताका सभापतित्वको भार विद्यालयका प्रधान अध्यापिका कल्पना प्रधानले गरेकी थिइन्‌ भने कार्यक्रम सञ्चालन सह शिक्षक विशाल घिसिङले गरेका थिए। आफ्नो सम्बोधनमा प्रधान अध्यापिकाले छात्र-छात्राहरूको मानसिक, शारीरिक विकास साथै पठन पाठनमा रूची बढ़ाउन अनि शिक्षाको खेतीसँगै व्यवहारिक र ज्ञानवर्द्धक कार्यक्रमहरू विद्यालयले आयोजन गरिन पर्ने बताए भने नानीहरूले पनि व्यवहारिक शिक्षालाई हाँसिल प्राप्त गर्न भरपूर मेहनत गर्न पर्ने बताए। आजका प्रतियोगितामा भाग लिने सर्म्पूण नानीहरू र प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो हुने विद्यार्थीसँगै हाउस शिक्षक-शिक्षिकाहरूलाई स्नेहसहित धन्यवाद प्रदान गरिन्‌ भनी विद्यालयको सह शिक्षक सुबोद लामाले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन्‌।

About Author

Advertisement