सिलगढी: तेस्रो लिङ्गीहरूले सिलगढ़ीमा विश्वकर्मा पूजाको आयोजना गरे।
सिलगढ़ी। सिलगढीको बाग्राकोर्टमा तेस्रो लिङ्गीहरूले विश्वकर्मा पूजाको आयोजना गरेका थिए। उक्त पूजाको उद्घाटन सिलगढ़ीका मेयर गौतम देवले रिबन काटेर गरेको थियो। सो अवसरमा गौतम देवले समाजका सदस्यहरुलाई तेस्रो लिङ्गीहरूलाई सम्मान गर्न आग्रह गरे।

पूजामा सहभागी एकजना तेस्रो लिङ्गी शिवानी सरकारले वर्तमान समाजको नजरमा तेस्रो लिङ्गीहरू निकै पछाडि परेको बताइन् र उनीहरु सबै चाढ़पर्वमा उत्तिकै सहभागी हुन्छन् र समाजमा केही सम्मान पाउने आशा राखेको बताईन्।