कन्चनजङ्घा एकाडेमीले मनायो वार्षिक कार्यक्रमसहित पितृदिवस

IMG-20230918-WA0286.jpg

दार्जिलिङ: धोजवीर धुरा, ब्लुमफिल्डमा अवस्थित कन्चजङ्घा एकाडेमीले वार्षिक कार्यक्रमसहित पितृदिवस पालन गऱ्यो। विशेष बालबालिकालाई मूल्यवोध, अग्रजप्रतिका अनुगृहितीलगायत स्ववोध र कर्तव्यवोध गराउने प्रयत्नमा सधैँ पाठशालाले ध्यान दिएको पाठशालाकी प्राचार्य आश्रा राईले जनाइन्। नानीहरूद्वारा गीत, नृत्य र नाटक प्रस्तुत गरिएको यस कार्यक्रममा प्रा चन्दन थापाले पितृत्व, पितावोध र पितृदिवसबारे विविध जानकारी गराएका थिए। अतिथिको सम्बोधनमा डा महेश दाहाल र मञ्जुला तामाङले वर्तमान शिक्षा कस्तो छ र अभिभावक, शिक्षक-शिक्षिकाले कस्ता विषयलाई ध्यान दिन आवश्यक छ भन्ने कुराबारे विस्तृत चर्चा गरे। युवा कवि प्रितम मैनालीद्वारा कविता सुनाइएको यस कार्यक्रममा स्थानीय व्यक्तित्व एलबी थापा, सिपी भुजेल आदिले कन्चनजङ्घा एकाडेमीले सुदृढ रूपमा समाजलाई पुऱ्याइरहेको योगदानलाई विशिष्ट मान्दै आभार व्यक्त गरेका छन्।

About Author

Advertisement