गुवाहाटी: राज्यमा कठोर पशु कानून लागू भएपनि पशुहरूको तस्करी जारी छ। यही क्रममा जोराबाट पुलिस टीमले तलाशी अभियान चलाएर ४४ पशु लगिरहेको एउटा ट्रकलाई जफत गरेको छ।पुलिस अनुसार, गुप्त सूचनाको आधारमा आउट पोस्ट क्षेत्रमा चलाइएको अभियानमा एक ट्रक (एएस-१९ एसी-१०३२) लाई जफत गरियो। जफत गरिएको ट्रकमा अवैध तरीकाले ४४ पुशलाई तेजपुरदेखि बाइहाटा चाराली हुँदै मेघालयको पशु बजार लगिन्दैथियो। सबै पशुहरूलाई बड़ो क्रूर तरीकाले लगिन्दैथियो। जसले गर्दा तीन पशुको मृत्यु भएको छ। ४१ पशु जीवित अवस्थामा उद्धार भएका छन्। पशु तस्करी मामिलामा दुई पशु तस्करहरूलाई पक्राउ गरिएको छ। पक्रा परेका तस्करहरूको पहिचान अभयापुरी निवासी अरशद अली र असगर अलीको रूपमा गरिएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच शुरू गरेको छ।