छुबा जीपीयूलाई माइक सेट हस्तान्तरण

IMG-20230917-WA0237.jpg

गान्तोक: दक्षिण सिक्किम नामथाङ रातेपानी निर्वाचन क्षेत्रको विधायक तथा मंन्त्री संन्जीत खरेलको धर्मपत्नी आशा खरेलद्धारा छुबा फोङ ग्राम पञ्चायत प्रशासनिक केन्द्रलाई साउन्ड सिस्टम साथै एक सयवटा कुर्सी उपलब्ध गराइन्। क्षेत्रको नारी प्रकोष्ठ समन्वयक साथै समिति बिस्तार कार्यक्रम बिगत ૪ सेप्टेम्बर २०२३ को दिन आशा खरेल छुबा फोङ ग्राम प्रशासनिक केन्द्रमा आयोजित सभामा उपस्थिति भएकी थिइन्। सो क्रममा ग्राम पञ्चायत इकाईको पञ्चायत अध्यक्ष बिष्णु गुरुङद्धारा ग्राम पञ्चायतहरुको पक्ष बाट ग्राम पञ्चायत प्रशासनिक केन्द्रमा कुर्सी र माइकको माग राखिएको थियो। खरेलद्धारा छुबा फोङ ग्राम प्रशासनिक केन्द्रमा सयवटा कुर्सीसितै माइक गस्तान्तरण गरेको थियो। आज ग्राम पञ्चायत अध्क्षय बिष्णु गुरुङद्धारा यसरी ग्राम प्रशासनिक केन्द्रमा आवास्यक समाग्री उपलब्ध गराई दिएकोमा पञ्चायतहरुको पक्षबाट आभार व्यक्त गरेका थिए।

About Author

Advertisement