श्रीपाताममा १५४औं गाँधी जयन्ती शुभारम्भ कार्यक्रम सम्पन्न

00-1-Rajya-Samachar-8

गान्तोक: दक्षिण जिल्लाको याङगाङ खण्ड अन्तर्गत श्रीपाताम निम्न माध्यमिक विद्यालयमा आजदेखि १५४औं गाँधी जयन्ती कार्यक्रमको शुभारम्भ भयो। कार्यक्रममा मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेत मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए।

उनीसँगै पञ्चायत सभापति डीआर गुरुङ, जिल्ला पञ्चायतगण पेम डोमा तामाङ, अन्यहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै बोल्दै मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेतले मुख्यमन्त्री प्रेमसिंह तामाङको कुशल नेतृत्वमा एसकेएम सरकारद्वारा सिक्किमेली जनसमुदायको हितमा शुरु गरिएको कल्याणकारी योजनाहरूबारे प्रकाश पारे। उनले आमा योजना, बहिनी योजना, सिक्किम गरीब आवास योजना, स्किल युथ स्टार्ट अप स्कीम आदिबारे संक्षिप्तमा जानकारी गराए।

आजको कार्यक्रमको अन्तमा फुटबल प्रतियोगिताको शुभारम्भ खेल खेलाइयो। आईआरबी मङ्गले बनाम नामबुङ लभिजम बोइस् अनि रोयल ब्रदर्श बनाम न्यू जेनेरेशन्स यु. नियामाझ सम्पन्न भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement