नान्डोकमा ग्वालाहरूलाई लिएर गाईपालनमाथि जागरुकता कार्यक्रम आयोजित

IMG-20230917-WA0000.jpg

गान्तोक: राज्यका ग्वलाहरूलाई गाई पालन सम्बन्धी जागरूक गराउने उद्देश्यले सिक्किम मिल्क युनियनले धारावाहिक रूपमा राज्यको सबै निर्वाचन क्षेत्रहरूमा जनचेतना अनि ग्वाला समावेशी कार्यक्रम आयोजना गरिरहेको छ।

यसै क्रममा आज नान्डोकको डाँडा गाउँस्थित सामुदायिक भवनमा मिल्क युनियनले जनचेतना अनि ग्वाला समावेशी कार्यक्रम आयोजना गऱ्यो। आजको कार्यक्रममा सिक्किम मिल्क युनियनका अध्यक्ष यमप्रसाद शर्मा मुख्य अतिथीको रुपमा उपस्थित थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मिल्क युनियनका प्रवन्धक निर्देशक डा. तिलक घतानीले अब कृषकहरूले दूधको गुणस्तरमा पनि ध्यान दिनुपर्ने ग्वालाहरुलाई परामर्श दिए। दूधको मात्रा अनि गुणस्तरमा वृद्धि गर्नको निम्ति गाईलाई के कस्ता आहार अनि कति मात्रामा दिनुपर्ने विषयमा ग्वालाहरुलाई विस्तृत रूपमा जानकारी गराए। गाई गोठको व्यवस्थापन अनि गाईसँग गर्नुपर्ने व्यवहारमाथि पनि ग्वालाहरुलाई तकनिकी ज्ञान दिए। ग्वालाहरुले अब गाईपालन व्यवसायिक रूपमा गर्नुपर्ने कुरामा पनि उनले जोड दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै युनियन अध्यक्ष यम प्रसाद शर्माले वर्तमान सरकारले ग्वालाहरुको हितमा गरिरहेको विभिन्न कार्यक्रम अनि शुरु गरेको योजनाहरू बारे जानकारी गराए। यसको साथै पशुपालन विभागका अधिकारीले अहिले राज्यमा गइमा देखिएको लम्पी रोगको रोकथामबारे ग्वाला हरुलाई जानकारी गराए।

About Author

Advertisement