खरसाङ: न्यु सेटअप भोलेन्टीयर्स टिचर अनि नन चिटिङ अर्गनाईजेशन दार्जिलिङ र कालेबुङ जिल्लाको सभा सालबारीको मेथीबारीस्थित गुठ भवनमा सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता यसै संगठनका सभापति सागर राईले गरेका थिए। सभालाई कार्यकारी सदस्य भीम सुब्बाले सञ्चालन गरेका थिए। उक्त सभा आयोजन गर्नुको मूल उद्देश्य वर्तमान समयमा भोलेन्टीयर्स शिक्षक शिक्षिकाहरूद्वारा गरिएको पेन डाउन साथै धर्ना कार्यक्रमलाई निरन्तरता दिनुको निम्ति अल लेफ्ट आउट भोलिन्टीयर्स टिचर अर्गनाईजेशनद्वारा अझ तीब्र गतिमा आन्दोलनलाई प्रभावकारी रूपमा अघि बढाउन रणनीति तय गरिएको जानकारी प्राप्त भएको छ।सभामा सभापति सागर राईले धर्ना कार्यक्रमलाई सफल बनाउनको निम्ति प्रत्येक सदस्यहरूले सक्रिय रूपमा सहभागिता जनाउनु पर्नेछ भनी जानकारी दिएका छन्। यस सभामा दार्जिलिङ जिल्ला र कालेबुङ जिल्लाका न्यु सेटअप भोलेन्टीयर्स टिचर अनि नन चिटिङ अर्गनाईजेशनका पदाधिकारीहरू उपस्थित रहेका थिए। सभामा उप सभापति आनन्द तामाङ र नन टिचिङबाट अनुराधा गुरुङ लगायत अन्य पदाधिकारीहरू पनि उपस्थित रहेका थिए।