सिलगढीः मेयरको गाडीलाई निजी बसले ठक्कर दिएको छ । आज सिलगढीको देशबन्धुपाडामा सुब्रत संघ नजिक एउटा निजी बसले मेयरको कारलाई ठक्कर दिएको छ। त्यसपछि बस रोकिएको थियो । पछि सिलगढी पुलिस स्टेशन घटनास्थल पुग्यो र बसलाई आफ्नो नियन्त्रणमा लिएको थियो। आज साँझ मेयर गौतम देव एक कार्यक्रममा सहभागी हुन सूर्यसेन कलेज गएको बताइएको छ । त्यहाँबाट फर्कने क्रममा एनजेपी मेन रोडमा बसले मेयरको गाडीलाई ठक्कर दिएको थियो । जसका कारण कारको पछाडिको भागमा क्षति पुगेको छ । मेयर गौतम देव स्वस्थ छन् ।