खरसाङको अपर नयाँ बस्तीमा भगवान बुद्ध र भगवान् गणेशजीको मूर्तिको स्थापनाको शिलान्यास कार्यक्रम

IMG-20230915-WA0181.jpg

खरसाङ: खरसाङको अपर नयाँ बस्तीमा भगवान बुद्ध र भगवान् गणेशको मूर्ति स्थापनाको लागि शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। उक्त मूर्ति स्थापना कार्यको शिलान्यास जीटीए खरसाङ देवराली समष्टीको सभासद श्याम शेर्पाद्वारा विधिवत रूपमा नारियल फुटाएर शिलान्यास गरिएको छ। उक्त शिलान्यास कार्यक्रम अवधि पूजाको ठूलो पानी झरीमा पनि सम्पन्न भएको छ। उक्त कार्यक्रम बौद्ध धर्म गुरू एसएम नेगी अनि गुम्बाको अन्य लामा गुरूजन अनि हिन्दू धर्म आचार्य पण्डित महेश शर्माद्वारा संयुक्त रूपमा आ-आफ्नो धर्म अनुसार विधिवत तरिकाले पूजा अर्चना गरियो। पूजामा विशेष रूपले कुन्साङ नामडरोलिङ गुम्बा नयाँ बस्तीको प्रमुख धर्म गुरू खेनपोला नरबुला पनि उपस्थित थिए। मूर्ति स्थापना गर्नलाई जमीन दान दिने डोल्मा स्याङदेनलाई पनि खदा लगाएर सम्मान जनाउँदै धन्यवाद दिइएको छ। मूर्ति स्थापना हेतु
केही सहयोगको निम्ति गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको मुख्य कार्यपाल अनित थापालाई ‌अपर नयाँ बस्ती म्हाणिपा सँघका टोली भेट गर्न जाँदा उनले ५० हजारको सहयोग गरि दिन्छु तर त्यतीले यत्रो ठुलो मुर्ति कसरी स्थापित गर्न सकिन्छ?
र बरू म आँफै नै मेरो टिमलाई भनेर सबै नै हामी गरिदिन्छौ भन्नु भयो जसको फल स्वरूप हामी आज यो ठुलो धार्मिक कार्य गर्न सक्षम भएका छौं भनी म्हाणिपा सघका संयोजक लपसाङ लामाले जानकारी दिएका छन्। आज यो पावन दिनलाई हेरेर शिलानयासको कार्य गर्न सकेको र यसको निम्ति अनित थापालाई म्हाणिपा संघ साथै गाउँवासीले धन्यवाद दिएका छन्। सम्पूर्ण गाँउवासी पनि उनको यो उत्कृष्ट योगदानको निम्ति खुशी छन्।कार्यक्रमको अवधि सभासद श्याम शेर्पाले आफ्नो सम्बोधनमा हामी राजनीतिमा छौं। बहुत कम्ती समयमा यस्तो धार्मिक कार्यक्रममा सहभागी हुन पाउँछौं। आज मलाई खुशी लागेको छ र यो धार्मिक र उत्कृष्ट कार्यको लागि म जे जति सहयोग पुर्याउन सक्छु जरूर तन मनले गर्नेछु भनी वचन दिएका छन्। उनले भने, हामी सबैको भगवानप्रति आस्था विश्वास छ र यो राम्रो शुरूवात हो यस्तो कार्य भई नै रहनुपर्छ जसले समाजमा सुख शान्ति ल्याउँछ। मेरो अहोभाग्य आज यस पावन दिनमा म उपस्थित हुन सके।’
उक्त शिलान्यास कार्यक्रममा पञ्चायत समिति चेयरमान अनु प्रधान छेत्री, पञ्चायत समिति सदस्य भक्तिमान तामाङ, पञ्चायत सदस्य गगन तामाङ, अखिल भारतीय शेर्पा बौद्ध एसोसिएसनका अध्यक्ष दावा शेर्पा साथै सदस्यहरू, खरसाङ म्हाणिपा संघका सचिव मधु तामाङ विशेष रूपमा उपस्थित रहेका थिए। नयाँ बस्ती समाज कल्याण समितिका अध्यक्ष भिमदाल पाख्रिन, महासचिव श्याम मोक्तान (दुवै प्रतिमा स्थापना समितिको सदस्य पनि हुन), नयाँ बस्ती मन्दिर कमिटीका सभापति ललिता थापा पनि उपस्थित थिए। धेरै बर्ष अघिदेखि नै गाउँमा एउटा ठूलो भव्य मूर्ति स्थापना गर्ने जसले खरसाङलाई सुन्दरीकरण गराउनुमा पनि एउटा थप सहयोग नै हुनेछ भन्ने सोँचले पनि यो कुरालाई यथार्थमा ल्याएका हौ भनी आयोजक समितिले बताएाका छन्। हिमाचल प्रदेश, उत्तराखण्ड, सिक्किम जस्ता राज्यहरूमा पनि यस प्रकारका ठूला ठूला भगवानका मुर्तिहरू स्थापित छन्। यस धार्मिक कार्यलाई सफल होस् अनि छिट्टै होस भनी सहयोग पुरयाउने विभिन्न संघ सस्था एँव व्यक्ति विशेषहरूलाई नयाँ बस्ती म्हाणिपा संघका प्रमुख सन्ध्या तामङ ले धन्यबाद दिएकी छन्। खरसाङको नयाँ बस्तीमा उक्त मूर्ति शिलान्यास कार्य विषयमा म्हाणिपा संघका संयोजक लपसाङ लामाले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement