रोटरी क्लब खरसाङको आयोजनामा स्कट मिशन विद्यालयमा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

IMG-20230915-WA0188.jpg

खरसाङ: खरसाङको स्टस मिशन कन्या उच्चत्तर माध्यमिक विद्यालयमा रोटरी क्लब खरसाङद्वारा नि:शुल्क आँखा जाँच शिविरको आयोजना गरेको छ। लायन्स आई सेन्टर खरसाङको संयुक्त तत्वावधानमा आयोजित यस शिविरमा स्कट मिशन कन्या उच्चत्तर माध्यमिक विद्यालय र राज राजेश्वरी उच्च विद्यालयका नानीहरुका आँखा जाँच गरियो। उक्त आँखा जाँच शिविरमा नेत्र रोग विशेषज्ञ शिवम कश्यप अनि उनका सहयोगी सुभ्र मण्डलले जम्मा १७० जनाको नेत्र जाँच गरेका थिए जसमा २५ जना शिक्षक शिक्षिकाहरू र विद्यालयका कर्मचारीहरू पनि सामेल रहेका थिए। स्कूलका नानीहरूमा ३० जनाको आँखा कमजोर रहेको पाइयो बताइएको छ। अहिलेसम्म क्लबले गरेका यस्ता शिविरहरूमा स्कूलका विद्यार्थीहरुको प्रायः १५ देखि २५ प्रतिशत बाल बालिकाहरुको आँखा कमजोर रहेको पाइएका छन्। शिविरमा स्कूलकी प्रधान अध्यापिका रिता तामाङ लगायत १५ जना शिक्षक शिक्षिकाहरू तथा स्कूलका कर्मचारीहरुले पनि आँखा जाँच गराएका थिए। उक्त शिविरको संयोजनामा शिक्षिका सिनोरा तबिता थापाले सहयोग गरेकी थिइन् भने स्वयंसेवी पासाङ डोमाले सक्रिय भूमिका निभाएका थिए। क्लबका सदस्यहरूमा वरिष्ठ सदस्य रोटरियन बलाराम राई, पूर्वाध्यक्षा रोटरी क्लब तथा पूर्व शिक्षिका स्कट मिशन उच्चत्तर माध्यमिक विद्यालयकी इन्दिरा थापा गुरुङ एवं सचिव समिम अनवर अलीको उपस्थिति रहेको थियो। क्लबको पक्षमा सचिवले स्कूलकी प्रधान अध्यापिका रिता तामङ अनि संयोजिका सिनोरा तबिता थापा लगायत सहयोग पुर्याउने समस्तमा आभार प्रकट गरेका छन् भनी रोटरी क्लब खरसाङकी पूर्वाध्यक्षा इन्दिरा थापा गुरुङले जानकारी गराएकी छन्।

About Author

Advertisement