गान्तोक: एसकेएम पार्टी सरकारमा आएपछि आर्थिकरूपमा अभावको कारण कुनै पनि विद्यार्थीहरूले पढाई छोडनु परेको छैन्। मुख्यमन्त्री प्रेम सिंह तामाङले पढन इच्छुक विद्यार्थीहरूलाई विभिन्न कोषबाट आर्थिक सहयोग गर्दै उनीहरूलाई हौसला प्रदान गर्दै आइरहेको छन्। यसै क्रममा आज मुख्यमन्त्री कार्यालयबाट मुख्यमन्त्री विवेकाधीन कोषबाट अनुदान प्रदान गरियो। यस अवसरमा आज कूल ७४ जना विद्यार्थीहरूलाई पढनको निम्ति अनुदान प्रदान गरिएको हो। यसरी नै आर्थिक अभावको कारण उपचार गर्न असमर्थ बनेका सात जना रोगीहरूलाई पनि उपचारको निम्ति आर्थिक सहयोग प्रदान गरियो। उनीहरू सबैलाई आज मुख्यमन्त्री कार्यालयबाट चेक प्रदान गरिएको थियो। उल्लेखनीय छ, राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले आर्थिकले आर्थिक अभावको कारण रोगको उपचार गर्न र पढाई स्थागित गर्न नपरोवस् भन्ने उद्देश्यले विभिन्न योजना मार्फत सहयोग प्रदान गर्दै आइरहेका छन्। यसरी नै डाक्टर बन्न चाहनेहरूलाई पनि निःशुल्करूपमा पढाउने व्यवस्था सरकारले उपलब्ध गराउँदै आइरहेको छ भने अहिलेसम्म धेरै जनाले यसको लाभ उठाइरहेका छन्। यसरी सरकारले आफूलाई पढन साथै उपचारको निम्ति आर्थिक सहयोग गरेकोमा रोगीका परिवार साथै विद्यार्थीवर्गका अभिभावकहरूले राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङलाई धन्यवाद दिँदै आभार प्रकट गरेका छन्।