मादक पदार्थहरूको साथ तीन तस्कर पक्राउ

00-1-Chhetriya-Samachar

काेलकाता: पश्चिम बंगाल पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ) ले भारी मात्रामा मादक पदार्थहरूको साथ तीन तस्करलाई समाएको छ। पुलिस अनुसार, मंगलवार राति ठोस सूचनाको आधारमा उत्तर २४ परगनाको हाबरा थाना अन्तर्गत जैसोर रोडमा देशबन्धु पार्क नजिक पुलिसले घेराबन्दी गरेको थियो।

यहाँबाट गइऱहेको एक १४ चक्के ट्रकलाई रोकेर यसको तलाशी लिइयो औं यसबाट ४९०० बोतल फेन्सीडिल उद्धार भएको छ।

यो उत्तर प्रदेशबाट आइऱहेको थियो र सीमा पारी फैन्सीडिलको तस्करी गरिनुथियो। यसमा सवार तीन जनालाई पक्राउ गरिएको छ। यिनीहरूको पहिचान उत्तर प्रदेशको फतेहपुर निवासी कुलदीप (३३), धीरज विश्वकर्मा (२१) र सानू (१८) को रूपमा गरिएको छ। यिनीहरू विरूद्ध एनडीपीएस एक्ट अन्तर्गत मामिलामा दर्ता गरी कानूनी कारबाही शुरू गरिएको छ। यिनीहरूले फेन्सीडिल कहाँबाट पाए औं यिनीहरूका अन्य साथी को हुन्, यसबारे सोधपुछ भइरहेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement