स्वामी विवेकानन्दको पैतृक घरके माटो संग्रह गऱ्यो शुभेन्दुले

Suvendu-Dipen-scaled-e1694530433351.jpg

कोलकात्ता: राज्यको विपक्ष नेता शुभेन्दु अधिकारीले मंगलाबार मेरी माटी मेरा देश’  कार्यक्रम अन्तर्गत माटो संग्रह गर्ने क्रममा कोलकात्ताको शिमला स्ट्रीट स्थित स्वामी विवेकानन्दको पैतृक घरमा पुगे। सञ्चारकर्मीहरुसित कुराकानी गर्ने क्रममा शुभेन्दु अधिकारीले मेरो माटो मेरो देश योजना देशको स्वतन्त्रता अनि प्रगतिलाई उजगार गर्नको साथै भारतको माटो तथा वीरताको एकीकृत उत्सवलाई छर्लङ्ग पार्न गरिएको कार्यक्रम रहेको बताउँदै यस कार्यक्रमले भूमिसँग जोड़िएर मानिसमा राष्ट्रिय गौरवको भावना उत्पन्न गराउन एवम् भावी पीढ़ीलाई देशको विरासतको रक्षा गर्न प्रेरित गर्नलाई रहेको जनाएका छन्। तिनले भने, माटो एकत्रित गर्न एउटा राष्ट्रव्यापी अभियान चलिरहेको छ जसमा एकत्रित माटोलाई मिसाएर राष्ट्रिय युद्ध स्मारक नजीक अमृत वाटिका निर्माण गर्नलाई राष्ट्रिय राजधानीमा लगिनेछ। यो अमृत वाटिका एक भारत श्रेष्ठ भारतको भव्य प्रतीक बन्ने शुभेन्दु अधिकारीले पत्रकारहरुलाई बताए।

About Author

Advertisement