डाकघरको परिसेवामाथि उठ्यो प्रश्नचिन्ह
उत्तर दिनाजपुर: चियाकमानको बाटोभरी राशनकार्ड जताभावी छरपस्ट देख्दा चोपड़ा ब्लकको मझियाली ग्राम पञ्चायतको कस्तूरी चिया फ्याक्ट्री क्षेत्रमा खैलाबैला मच्चियो। बाटोमा छरिएका राशनकार्डहरु बच्चाहरुले खेल्दै गरेको देखा परेपछि क्षेत्रमा मानिसहरुले यो लापरवाही भएको बताएका छन्।

जनताको नाममा जारी भएको रासनकार्डहरु वितरण नगरेर यसरी बाटोमा फ्याँकिनु डाकघरको लापरवाही रहेको मानिसहरुले आरोप लगाएका छन्। यस सम्बन्धमा चोपड़ा पञ्चायत समितिको सहसभापति फजलुल हकले यसको जानकारी चोपड़ा खाद्य आपूर्ति विभाग र पुलिस प्रशासन समक्ष पठाएको र मामिलाको जाँच हुने जनाएका छन्।