सेनाको क्यान्टिनबाट चोरी गरेको आरोपमा एक पक्राउ

IMG-20230913-WA0186.jpg

सिलगढी: गत सोमबार शिव मन्दिर नजिकैको आर्मी क्यान्टिनबाट चोरी भएको थियो। यो घटनापछि सेनाले माटिगरा पुलिस थानामा लिखित उजुरी दिएको थियो। घटनाको अनुसन्धानपछि माटिगारा थानाको सादा पोशाक पुलिसले बागडोग्रा एयरपोर्ट टर्न नजिकैको इलाकाबाट रामजी नामका एक व्यक्तिलाई पक्राउ गरेको हो। अभियुक्तलाई पक्राउ गरी उनको घरबाट चोरी भएका सबै सामान बरामद गरिएको छ। अभियुक्तलाई बिहीबार बिहान सिलगढी उच्च अदालतमा पठाइएको थियो। यस घटनामा अरु कोही संलग्न छन् वा छैनन् भन्ने बारे अनुसन्धान सुरु गरेको माटिगरा पुलिस थानाको सिभिल ड्रेस पुलिसले जनाएको छ।

About Author

Advertisement