ब्राउन सुगरसहित उत्तर दिनाजपुर जिल्लाका एक व्यक्ति पक्राउ

IMG-20230913-WA0188.jpg

सिलगढी: उत्तर दिनाजपुर जिल्लाका एक व्यक्तिलाई सिलगढीमा अवैध लागूऔषधसहित पक्राउ गरिएको छ। गोप्य सूचना पाएपछि माटिगरा पुलिस थानाका सादा पोशाकका पुलिसले माटिगराको विश्वास कोलोनी क्षेत्रमा छापा मारेको थियो। त्यहाँबाट १८ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्।

अभियुक्तको नाम मोहम्मद अख्तरुल हो। उनको घर उत्तर दिनाजपुरको रामगञ्ज क्षेत्रमा छ।

About Author

Advertisement