लंगभ्यू ईगल सेभेन विजयी

IMG-20230913-WA0123.jpg

१३ सेप्टेम्बरः मिरिक नजिक फुवागढ़ीमा जारी नक्आउट फूटबल टुर्नामेण्टमा लंगभ्यू ईगल सेभेनले आफ्नो म्याच जित्यो। फुवागढ़ी राइजिंग युथ क्लबको तत्त्वावधानमा आयोजित यस टुर्नामेण्टअन्तर्गत मंगलवार खेलिएको म्याचमा लंगभ्यू ईगल सेभेनले सेण्ट्रल बोइज फूटबल क्लब दार्जीलिङलाई १-०-ले पराजित गऱ्यो। आयोजक समितिको पक्षमा प्रभाकर छेत्रीले बताएअनुसार, यस फाइभ ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ७० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement