२८ नम्बर समष्टीद्वारा पञ्चायत चुनावमा बिजयी र पराजय सबैलाई सम्बर्ध्दना

IMG-20230911-WA0299.jpg

चुनाव अघि गरेको वाचाहरु सबै विजेता उम्मेदवारहरुले पूर्ण गर्नुपर्छ: सभासद श्याम शेर्पा

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा २८ नम्बर खरसाङ देवराली समष्टिद्वारा पञ्चायत चुनावमा विजय भएका उम्मेद्वारहरुलाई सम्बर्द्धना जनाउने कार्य सम्पन्न गरिएको छ। उक्त कार्यक्रम २८ नम्बर खरसाङ देवराली समष्टीको सभासद श्याम शेर्पाकाे पहल र उपस्थितिमा सम्पन्न भएको छ।उक्त कार्यक्रमको अध्यक्षता किरण लेप्चाले गरेका थिए भने सञ्चालन सलिमा शेर्पाले गरेका थिए। सभापति अनि मुख्य अतिथि र विशिष्ट अतिथिहरुद्वारा दिप प्रज्वलन गरेर कार्यक्रमकाे थाल्नी गरिएको थियो। कार्यक्रममा स्वागत भाषण नारी शक्ति समष्टी सचिव ललिता छेत्रीले राखेका थिए।

कार्यक्रमको प्रथममा चुनावमा पराजय हुने भागोप्रमोका उम्मेद्वारहरु दिनेश तामाङ, ललिता छेत्री र बरनिका लेप्चालाई खदार्पणसहित फूल गुच्छा र स्मृति चिन्ह प्रदान गरी सम्मान जनाइएको छ। दोस्रो चरणकाे कार्यक्रममा पञ्चायत चुनावमा विजय भएका समिति सदस्य दिनेश तामाङ, पञ्चायत सदस्य दिपेश थापा, सिमा थापा अनि विशेष अन्य पार्टीबाट विजय भएको पञ्चायत प्रधान विमल तामाङ, पञ्चायत सदस्य अनुपा सुब्बा र शारदा थापालाई सभा अध्यक्ष, किरण लेप्चा सभासद श्याम शेर्पा अनि विष्टि अतिथि पीडी रुम्बाद्वारा खदार्पणसहित फूलक गुच्छा र सम्बर्द्धना पत्र प्रदान गरेर सम्मानित गरिएको छ।

त्यसरी नै यसै समष्टिका विजेता सदस्य र अन्य विजेता उम्मेदवारहरुद्वारा समष्टि नारी शक्ति अध्यक्षा सुष्मा मुखियालाई समष्टिप्रति दिएको नि:स्वार्थ योगदानकाे कदर गर्दै सम्बर्द्धना जनाइएकोलछ। सुष्मा मुखियाले समष्टिकाे नारी शक्तिलाई एकताको सूत्रमा बाध्नमा ठूलो भूमिका निभाएकाे साथै गरीब दु:खीहरुलाई व्यक्तिगत रुपमा धेरै धेरै मदत गरिएको बताइएको छ।

आजको कार्यक्रमबारे सभासद श्याम शेर्पाले सम्बोधन गर्दै हामीले कसैलाई नछुट्टाईकम यो सम्बर्द्धना कार्यक्रमकाे आयोजना गरेको हौं भनी बताए। उनले योबाट यो सन्देश दिनु चाहेको हाे कि चुनाव अघिसम्म एका अर्कामा प्रतिस्पर्धा रहे पनि अब सबै मिलेर आ-आफ्नो क्षेत्रकाे विकास साथै सभ्य र शिक्षित समाजको निर्माण चतर्फ लाग्नुपर्ने छ भनी बताए। उनले लोभ लालचमा नलागेर जनताका समस्याको लागि लागि पर्नु पर्ने र चुनाव अघि गरेको वाचाहरु सबै विजेता उम्मेदवारहरुले पूर्ण गर्नुपर्नेछ भनी बताएका छन्।
अन्त्यमा सभा अध्यक्ष किरण लेप्चाले धन्यवाद ज्ञापन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement