नयाँ दिल्ली: मानिसहरूको स्वास्थ्य जाँच साथै उपचारको लागि केन्द्रीय स्वास्थ्य मन्त्रालयले एक लाखभन्दा अधिक स्थानहरूमा आयुष्मान मेला आयोजना गरिरहेको छ। सोमबार केन्द्रीय स्वास्थ्य मन्त्री डा. मनसुख माण्डभियाले बताए, ‘आयुष्मान भव’ अभियान अन्तर्गत १,१७,००० भन्दा अधिक स्वास्थ्य औ कल्याण केन्द्रहरूमा ‘आयुष्मान मेला’ आयोजना गरिनेछ जहाँ सबै गरीब अनि मध्यम वर्गका मानिसहरूको उपचार गरिनेछ। उनले बताएअनुसार यस अभियान अन्तर्गत सबै ब्लकस्तरीय अस्पताल अनि मेडिकल कलेजले आफ्नो परिसरमा स्वास्थ्य शिविर आयोजना गर्नेछ। अस्पताल अनि औषधालयहरू सहित देशभरिका स्वास्थ्य संस्थाहरूमा ‘स्वच्छता अभियान’ पनि संचालन गरिनेछ। आयुष्मान भारतका लाभार्थीहरू भएका गाउँहरू जो टीबीबाट मुक्त भएका छन् वा कुष्ठ रोग र सय-प्रतिशत कोरोना भ्याक्सिनेशन भएको छ भने त्यस्ता गाउँहरूलाई ‘आयुष्मान ग्राम’ घोषित गरिनेछ। -हिस











