नदीयाको कालीगञ्ज क्षेत्रमा निर्मम हत्या

dead-body-Rep-Image-1

नदीया: नदीयाको कालीगञ्ज पुलिस थानाअन्तर्गत कालीगञ्ज–छापरा सडकबाट सोमबार पलासीको आरियाडांगाका ३५ वर्षीय रामप्रसाद हाजराको शव यौनांग काटिएको र गोली प्रहार गरेको अवस्थामा फेला परेको छ। उनी खलसीको काम गरेर राति अबेरसम्म घर फर्कने गर्थे। आइतबार राति घर नफर्केपछि परिवारका सदस्यले सम्भावित सबै ठाउँमा खोजी गरे पनि केही फेला नपरेको बताइएको छ। दोस्रो दिन सोमबार बिहान उनको शव पुलिसले फेला पारेको थियो। उनी कुनै राजनीतिक दलसँग आबद्ध नभएको र कसैसँग पनि ठूलो विवाद नभएकाले यसरी निर्मम प्रकारले हत्या गरिएको मृतकका परिवारको भनाइ छ। पुलिसले रामप्रसादको हत्याबारे अनुसन्धान शुरु गरेको छ। उनको हत्याको एउटा कारण विवाहबाह्य सम्बन्ध हुनसक्ने प्रारम्भिक अनुमानका कारण प्रहरीले सबै बिन्दुमा अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement