टिस्टा कनालमा डुबेर एक युवकको मृत्यु, खोजी जारी

00-1-A-IMG-20230910-WA0169

सिलगढी: फुलबारी टिस्टा कनालमा डुबेर एक युवकको मृत्यु भएको छ। घटनाका कारण पुरै क्षेत्र शोकमा डुबेको छ। युवकको नाम मृगांक चौधरी (२३) हो। उनी सिलगढीको देशबन्धुपाडा क्षेत्रका निवासी रहेको  समाचार छ। शनिबार राति दुईजना साथी टिस्टा कनाल क्षेत्रमा आएको बताइएको छ। त्यसपछि मृगांक एक्कासी पानीमा खसे। घटनापछि साथीको चिच्याहट सुनेर स्थानीयवासी अगाडि आए तर बचाउन सकेनन्। आज बिहानैदेखि एनजेपी पुलिस चौकीका पुलिस र विपद् व्यवस्थापन टोली घटनास्थलमा पुगेका थिए  विपद् व्यवस्थापन टोलीले बिहानैदेखि डुबेका युवाको खोजी शुरु गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement