पानीट्यांकी लागुऔषधसहित २ जना नेपालका नागरिक पक्राउ

00-1-A-IMG-20230910-WA0197

सिलगढी: खरीबारीको पानीट्यांकी बजारबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई नेपालका नागरिक पक्रा परेका छन्। खरिबारी पुलिस चौकी पानीट्यांकीको पुलिस टोलीले भारत–नेपाल सीमा खोरीबारीस्थित पानीट्यांकीको न्यू मेची बजारबाट २०५ ग्राम ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ। पक्रा पर्नेमा २१ वर्षीय प्रवीण माझी र २१ वर्षीय गंगाप्रसाद मंगर रहेका छन्। पक्रा परेका दुवै नेपालको बिर्तामोडका बासिन्दा रहेको बताइएको छ। पुलिस स्रोतका अनुसार गोप्य स्रोतबाट सूचना पाएपछि नेपाल नम्बरसहितको स्कुटर नियन्त्रणमा लिएर खोजी गर्दा पक्राउ परेकाहरूबाट करिब ९ हजार नेपाली रुपियाँ बराबरको २०५ ग्राम ब्राउन सुगर बरामद भएको हो। पक्राउ परेकाहरुलाई खोरीबारी पुलिस चौकीमा राखिएको छ। पुलिसले स्कुटर बरामद गरेको छ। पक्राउ परेकालाई भोलि सिलगढी डिभिजन अदालतमा पेश गरिने छ।

About Author

Advertisement