बोझोघारीमा नेत्र जाँच शिविर

IMG-20230909-WA0427.jpg

गान्तोक: लायन्स इन्टरनेशनल अन्तर्गत लायन्स क्लब गान्तोक हिल्सले बोझोघारी सरकारी वरिष्ठ माध्यमिक विद्यालयेमा एकदिवसीय निःशुल्क नेत्र जाँच शिविर आयोजना गऱ्यो। लायन्स भिजन सेन्टर रानीपुलको आँखा विशेषज्ञ टोलीले २५० विद्यार्थीको जाँच गरेको छ र त्यसमध्ये ३५ जना विद्यार्थीलाई थप जाँचका लागि पठाइएको छ। शिविरलेई सफल बनाउन विद्यालयका प्रधानाध्यापक तथा कर्मचारीहरुको विशेष सहयोग रहेको थियो। क्लबले बाल स्वास्थ्य कार्यक्रम अन्तर्गत यस क्षेत्रका अन्य विद्यालयमा पनि यस प्रकारको शिविर आयोजना गर्ने निर्णय गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement