लायन्स क्लबको स्थापना दिवस पालन

IMG-20230909-WA0425.jpg

गान्तोक: लायन्स क्लब गान्तोक हिल्सले आफ्नो स्थापना को १२औं चार्टर समारोह गान्तोकको एक होटलमा आयोजित गऱ्यो। लायन्स क्लबका जोन चेयरमेन पुरुषोतम अग्रवालको उपस्थितिबीच आयोजित समारोहमा लायन्स क्लब गान्तोकका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। क्लबले आज समारोहमा १२ वर्षसम्म पुऱ्याएको सेवाहरुको चर्चा गर्दै आगामी दिनमा सेवालाई अझ बढ़ाएर लैजाने संकल्प दोहोऱ्याए। १२ वर्ष अघि सुरू गरिएको क्लबमा अझसम्म पनि ९० प्रतिशत सदस्य पुरानोनै रहेका छन्। सजन अग्रवालले आभार प्रकट गर्दै अब स्थायी प्रोजेक्टमाथि अझ ज्यादा ध्यान केन्द्रित गरेर कार्य गर्ने निर्णय लिएको बताए| समारोहमा उपस्थित लायन्स क्लब गान्तोक ग्रीनका सभापति लायन अणिमा शारदा सचिव पवित्र भट्टराई र कोषाध्यक्ष सरिता सिंघी ले पनि बधाई प्रकट गर्दै एक अभिभाबक क्लबको रूपमा सक्रिय भूमिका निभाएको बताए। गान्तोकमा रहेको दुईवटा क्लब र एक लियो क्लबले मिलेर कार्य अघि बढाउने बताउँदै यसको परिणाम आउने दिनहरुमा देखिने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement