- एकै मञ्चबाट गायकदेखि कलाकारसम्म खोज्ने ट्यालेन्ट हन्टको अडिसन खोलियो
- पचास लाख जित्ने अवसरसँगै विभिन्न अवसरहरु प्राप्त गर्न सकिने
काठमाडौँ: नेपालभित्र रहेका प्रतिभाहरुलाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्य लिएर नेपालमा प्रथमपल्ट टेलिभिजन रियालिटी शो आयोजना हुन लागिरहेको छl यसको लागि नेपाल ट्यालेन्ट हन्टले डिजिटल अडिसन शुरु गरेको छ। प्रतिभाशाली कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने रियालिटी शोका आयोजक साइना साहारा ग्रुपले बताएको छ। शोका निर्माता टेकप्रसाद बाँस्तोलाक अनुसार यो रियालिटी शोमा कलाकारले गायन, नृत्य, अभिनय, कमेडी आदि विधामा आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्नेछन्।
रियालिटी शोको निर्णायकको रुपमा गौरी मल्ल, रमेश उप्रेती, निशा अधिकारी र यम बराल रहेका छन्। साइना साहारा ग्रुपको प्रस्तुतिमा आयोजनामा भइरहेको यस शोका निर्माता टेकप्रसाद बाँस्तोला रहेका छन् भने निर्देशक हरि शर्मा र प्रोग्राम हेडमा सहदेव कोइराला रहेका छन्। शोमा विजेता हुने प्रतियोगीले पचास लाखदेखि विभिन्न अवसरसम्म प्राप्त गर्नसक्ने आयोजक पक्षले बताएको छ। यसबाहेक सम्बन्धित विधामा विजेता बन्ने प्रतियोगीले फिल्म, टेलिसिरियल, म्युजिक भिडियो आदिमा पनि अवसर पाउन सक्ने आयोजकको भनाई छ। अडिसनमा सहभागी हुन चाहाने प्रतियोगीले १५ सेकेण्डदेखि ३ मिनेटसम्मको भिडियो बनाएर आयोजकको ठेगानामा पठाउनुपर्नेछ। यसरी अडिसनपछि चयन भएका प्रतियोगीले क्रमैसँग आफूलाई अब्बल साबित सावित गर्दै लैजानुपर्नेछ। असोजमा विजेताको छनोट गरिने आयोजकले बताएको छ। विस्तृत जनाकारीको लागि यस लिंकमा हेर्नुहोस् https://www.nepaltalenthunt.com/