भारतीय गोर्खा सुरक्षा परिषदद्वारा कालेबुङमा केन्द्रीय गृहमन्त्रीको पुतला लिएर रैली

IMG-20220518-WA0129.jpg

कालेबुङ: भारतीय गोर्खा सुरक्षा परिषद (बीजीएसपी) द्वारा कालेबुङ बजारमा केन्द्रीय गृहमन्त्री अमित शाहको पुतला लिएर विरोध गर्दै रैली गरेका छन्। भारतीय गोर्खा सुरक्षा परिषदद्वारा गृहमन्त्री अमित शाहको पुतलालाई जुत्ताको माला लगाएर स्थायी राजनैतिक समाधान के हो केन्द्र सरकारले स्पष्ट पार्नु पर्ने जस्ता विषयमा नाराहरू लगाउँदै रैली आयोजना गरेका छन्। कालेबुङमा केन्द्रीय गृहमन्त्री अमीत शाहको पुतलालाई लिएर गरिएको रैली विषयमा बोल्दै भारतीय गोर्खा सुरक्षा परिषदको नेता एसपी शर्माले गोर्खाहरूले लगातार रूपमा आफ्नो मुद्दालाई उठाई रहेका छन् तर पनि केन्द्र सरकारले अहिलेसम्म कुनै सठीक रुपमा कार्य नगरेको आरोप लगाउँदै केन्द्र सरकारले दिने भनेको स्थायी राजनैतिक समाधान पनि के हो त्यो पनि स्पष्ट नभएको बताएका छन्। उनले जीटीए गोर्खाहरूको चाहना होइन र जीटीएले गोर्खाहरूको चाहना पूरा गर्न सक्दैन भन्दै यो सही समय हो कि केन्द्र सरकारले गोर्खाहरूको चाहना पूरा गर्नुपर्छ भनी मांग गरेका छन्।

About Author

Advertisement