गान्तोकः सोरेङ जिल्लामा दोदक युथ क्लबको मुख्य कार्यालयको आज विधिवतरूपमा उद्घाटन गरियो। यस मुख्य कार्यालयको उद्घाटन उर्जा तथा यातायात विभागका मन्त्री एमएन शेर्पाले गरे। क्लबको उक्त कार्यालय दोदक स्कूल डाँडामा सेवानिवृत्त शिक्षक डीपी गुरुङको घरमा मन्त्री शेर्पा उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा मन्त्री एमएन शेर्पा मुख्य अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा सिक्किम राज्य अनुसूचित जनजाति कल्याण बोर्डका अध्यक्ष प्रेम कुमार सुब्बा, जिल्ला पञ्चायतकी सदस्य अञ्जु गुरुङ, दोदक ग्राम पञ्चायत एकाईका सभापति, पञ्चायत उप-सभापति लगायत पञ्चायत सदस्यगण लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।
आज कल्बको मुख्यालयको उद्घाटन कार्यक्रममा मुख्य अतिथि मन्त्री शेर्पा र विशिष्ट अतिथिहरुले दोदक युथ क्लबको झण्डा र लोगोको पनि लोकार्पण गरे। अर्कोतिर क्लबको कार्यालयको उद्घाटनको निम्ति सहयोग र्पुयाउने व्यक्तिहरुमा समाजसेवी राजेश खड्का, विद्यृत विभागका अतिरिक्त मुख्य अभियान्ता जीवन थापा, सरकारी ठेकेदार सञ्जय चाण्डक, सडक एवं पुल विभागका सहायक अभियान्ता सुमन छेत्री, घर मालिक डीपी गुरुङ लगायत अन्यहरू प्रति क्लबले कृतज्ञता व्यक्त गरेको छ।