दुई दिवसीय राज्यस्तरीय १७औं स्विमिङ प्रतियोगिता शुरू

IMG-20230909-WA0424.jpg

गान्तोकः सिक्किम अमेच्युर स्विमिङ एसोसिएशनको पहलमा आज राजधानीस्थित टाशी नामग्याल एकादमी परिसरमा राज्यस्तरीय १७औं स्विमिङ प्रतियोगिता सम्पन्न भयो। यस प्रतियोगितामा राज्यभरिका विभिन्न शैक्षिक संस्था, क्लबका एकसय बीसभन्दा अधिक पौडी खेलाडीहरूले सहभागिता जनाएका थिए भने यस कार्यक्रमको उदघाटन एसएएसएका प्रमुख संरक्षक अदित्य गोलेले गरे। कार्यक्रममा मुख्य अतिथिकोरूपमा पर्वतरोही काजी शेर्पा रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक समितिका अध्यक्ष कुबेर भण्डारीले यस खेललाई प्रवर्द्धन गर्न संस्था प्रतिबद्ध रहेको बताए। उनले जानकारी गराए अनुसार १७औं सिक्किम राज्य पौडी प्रतियोगिता दुई दिवसीयरूपमा आयोजना गरिएको हो। यस खेललाई बढावा दिनको निम्ति सब-जुनियर, जुनियर, मास्टर र सिनियर विधामा विभाजन गरिएको छ।

उनले यो प्रतियोगिताले राज्यका पौडी खेलाडीहरुको आत्मविश्वास र हौसला बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने सम्भावना व्यक्त गरे। यस प्रतियोगिताका विजेताहरूले पूर्वोत्तर र राष्ट्रिय स्तरमा पौडी प्रतियोगितामा राज्यको प्रतिनिधित्व गर्ने जानकारी गराएका छन्।

About Author

Advertisement