कोलकाताः राज्यमा बुजुर्ग नागरिकहरूलाई फ्ल्याट दिने नाममा करोड़ौं रूपियाँ ठगी मामिलामा अभिनेत्री रूपलेखा मित्रलाई केन्द्रिय प्रवर्तन निदेशालय (ईडी) ले आगामी बुधवार सीजीओ कम्प्लेक्स स्थित केन्द्रिय एजेन्सीको अफिसमा हाजिर हुनलाई भनेको छ। यद्यपि शनिवार रूपलेखाले स्पष्ट गरिन्, उनी बुधवार केन्द्रिय एजेन्सीको अफिस जानेछैनन्। उनले भनिन्, केन्द्रिय एजेन्सीले नोटिस अवश्य पठाएको छ तर त्यसमा धेरै दस्तावेजको पनि माग गरिएको छ। दस्तावेजहरू एकत्र गर्नमा समय लाग्नेछ यसैले उनले केन्द्रिय एजेन्सीलाई चिट्ठी पठाएर अतिरिक्त समय दिने माग गरेकी छन्। यही मामिलामा तृणमूल कांग्रेसकी सांसद एवं अभिनेत्री नुसरत जहाँलाई पनि बोलाइएको छ। उनलाई मंगलवार बोलाइएको छ जबकि रूपलेखालाई बुधवार।
वस्तुतः वर्ष २०१३-१४ को समय एक संस्थाको माध्यमले ४०० भन्दा धेरै बुजुर्ग नागरिकहरूबाट प्रति व्यक्ति ५.५ लाख रूपियाँ लिइएको थियो र तीन वर्षभित्र उनीहरूलाई न्यू टाउनमा हिडको नजिक तीन बीएचके फ्ल्याट दिइने वाचा गरियो तर दश वर्षभन्दा धेरै समय बितेपनि उनीहरूले अहिलेसम्म फ्ल्याट पाएका छैनन्। त्यस कम्पनीमा नुसरत जहाँ, रूपलेखा र राकेश नाम गरेको एक व्यक्ति निदेशक थिए। य़ही मामिलामा ईडी कहाँ शिकायत दर्ता गराइयो, जसपछि यिनीहरूलाई सोधपुछको निम्ति बोलाइएको छ।
-हिस