राज्यपालले शिक्षा मन्त्रीलाई दिए चुनौती

IMG-20230410-WA0169-11-300x172-6

कोलकाताः पश्चिम बंगालका राज्यपाल डा. सीवी आनन्द बोस र शिक्षा मन्त्री ब्रात्य बसुबीच गतिरोध कम भइऱहेको छैन। एक दिनअघि शिक्षा मन्त्रीले राज्यपालको तुलना मोहम्मद बिन तुगलगसित गरेका थिए। यसको २४ घण्टाभित्र शनिवार दिउँसो राज्यपालले शिक्षा मन्त्रीलाई चुनौती दिँदै शिक्षाको भलोको निम्ति जेपनि गर्नुछ, गरिरहनेछु, कसैले रोक्न सक्दैन भनेका छन्। दिउँसो उनी दिल्ली प्रस्थान हुनअघि मीडियासित कुराकानी गर्दै राज्यपालले भने, मैले जेपनि गरेको छु, त्यो सोची-सम्झेर गरेको छु र त्यसमा म पूर्ण रूपमा सन्तुष्ट छ। आज मध्यरातसम्म प्रतिक्षा गर्नुहोस्। तपाईले हेर्न सक्नेछन् म के गर्न गइऱहेछु।

उल्लेख्य, एक दिनअघि शिक्षा विभागको मुख्यालयमा विभिन्न विश्वविद्यालयहरूका रजिस्ट्रारको साथ बैठकपछि शिक्षा मन्त्रीले भनेका थिए, वर्तमान राज्यपाल पूर्ण रूपमा मोहम्मद बिन तुगलग सरह काम गरिरहेका छन्। मैले सोचेको थिए, उनी अलाउद्दीन खिलजी सरहा बिस्तारै काम गर्नेछन् तर यहाँ त तुगलग सरह फरमान जारी गरिरहेका छन्। कसैसित कुनै सरोकार छैन। कुनै नियम कानून मान्दैनन्। यसपछि राज्यपालको शनिवार चुनौती महत्वपूर्ण मानिन्दैछ।

-हिस

About Author

Advertisement