कोलकाताः कोलकाता पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ) ले जादवपुर विश्वविद्यालय नजिक गाँजाको साथ दुई युवकलाई समाएको छ। यिनीहरूको पहिचान २१ वर्षीय तनिष्क पाण्डे र यही आयुको विवेक अग्रहरीको रूपमा गरिएको छ। एसटीएफका उपयुक्त आईपीएस हरि कृष्ण पाईले जानकारी गराए, ठोस सूचनाको आधारमा यिनीहरूलाई शुक्रवार रति पूर्व जादवपुर थाना अन्तर्गत विश्वविद्यालय नजिकबाट पक्राउ गरियो। यिनीहरूदेखि ८५१ ग्राम विदेशी गाँजा उद्धार गरिएको छ, जसलाई डार्क नेटको माध्यमले अर्डर गरिएको थियो। यसमध्ये तनिष्क मूल रूपमा कोलकाताको तिलजला थाना अन्तर्गत पिकनिक गार्डनको बासिन्दा हो जबकि विवेक अग्रहरी कसबा थाना क्षेत्रको नस्करहाटको निवासी हो।
यी दुवैसित सोधपुछ गरी यिनीहरूले गाँजा कहाँबाट मगाएका थिए औं कसको निम्ति लगिरहेको थिए, यसको जानकारी जुटाइँदैछ। दुवै छात्र हुन् वा होइनन् यसबारे पुलिसले अहिले खुलासा गरेको छैन। यिनीहरू विरूद्ध एनडीपीएस एक्टका धाराहरू अन्तर्गत मामिला दर्ता गरी कानूनी कारबाही शुरू गरिएको छ।
-हिस