अलिपुरद्वारमा मदिरा माफियाको आतङ्क

00-1-Rajya-Samachar-5

अलिपुरद्वारः अलिपुरद्वारको कालचिनी बीच गार्ड क्षेत्रमा अवैध मदिरा विरूद्ध छापामारीमा आबकारी विभागका एक अधिकारी शुक्रवार राति घाइते भए। प्राप्त जानकारी अनुसार, शुक्रवार अबेर राति जयगाउँ कालचिनी बीरपाड़ाको आबकारी विभागका जवानहरूले बीच गार्डन क्षेत्रमा छापा मारे। आबकारी विभागलाई बीच कमानमा अवैध मदिराको भण्डारण गरिरहेको सूचना पाइएको थियो। आबकारी विभागका अधिकारीहरूले त्यहाँबाट १८ कार्टून मदिरा उद्धार गरे।

आबकारी विभागको सूत्रहरू अनुसार, आरोपितले ढुंगामुड़ा गरी मदिरालाई नष्ट गर्ने प्रयास गरिरहेको थियो। अवैध मदिरालाई बचाउने प्रयासमा आबकारी विभागका अधिकारी अरूप कुमार दास ढुंगा लाग्दा घाइते भए। उनलाई मदारीहाट अस्पताल पठाइयो। आबकारी अधिकारी सन्दीप देले भने, त्यहाँ अवैध रूपमा मदिरा बनाउने र भण्डारण गरिएको खबर पाइएको थियो। यो मदिरा बाहिर पुनः उच्च दरमा बेचिन्दैथियो।

मदारीहाट अस्पतालमा उपचारपछि अरूप कुमार अहिले स्वस्थ छन्। य़स घटनामा सरकारी काममा बाधा पुऱ्याएको र आबकारी विभागका कर्मचारीको साथ कुटपीट गरेको आऱोपमा पान्डु प्रधान नाम गरेको एक व्यक्तिलाई पक्राउ गरिएको छ। उक्त व्यक्तिसित सोधपुछ गरी उसका अन्य साथीहरूबारे जानकारी जुटाइँदैछ।

About Author

Advertisement