नयाँ दिल्लीः भारतमा आयोजित जी-२० सम्मेलनलाई लिएर विश्वमा भिन्न-भिन्नै चर्चाहरू भइरहेका छन्। यस सम्मेलनमा सामेल हुनका लागि विश्वभरिका दिग्गज नेताहरू आएका छन्। चीनका राष्ट्रपति शी जिनपिंगले अन्तिम समयमा जी-२० को लागि आफ्नो नयाँ दिल्ली भ्रमणलाई रद्द गरी प्रतिनिधिको रूपमा प्रधानमन्त्री ली कियांगलाई पठाएका छन्। साथै वैश्विक मञ्चमा भारतको बढ़्दो प्रतिष्ठालाई मध्यनजर गर्दै चीनले सम्पूर्ण आयोजनमाथि नजिकबाट नजर राखिरहेको छ।
चीनको सरकारी मीडिया ग्लोबल टाइम्सको एउटा लेखमा जी-२० आयोजनको लागि भारतको प्रशंसा सतर्कता पूर्वक गरिएको छ, तर पश्चिमी देशहरूमाथि लक्षित गर्दै उनीहरूमाथि आफ्नो एजेण्डा चलाएको आरोप लगाएको छ। ग्लोबल टाइम्समा `Who is the ‘spoiler’ of the G20 summit in New Delhi?’ शीर्षकमा प्रकाशित लेखमा भनिएको छ, तयारीहरूलाई हेर्दा यस्तो लाग्छ कि पहिलो पटक यतिसाह्रो व्यापक रूपमा बहुपक्षीय राजनयिक शिखर सम्मेलन आयोजना गरिरहेको भारतलाई सम्मेलनको सफलताबाट दुनियाँमा आफ्नो प्रतिष्ठा बढ़्ने महसूस भएको छ।
लेखमा भनिएको छ, जी-२० विश्वको प्रमुख आर्थिक सहयोग मञ्च हो, तर अमेरिका र पश्चिमी देशहरू आफ्नो एजेण्डालाई बढ़ाउने उद्देश्य राख्दछन्। पश्चिमी देशहरूले जी-२० को एजेण्डाको सट्टा रूस-यूक्रेन संघर्षमाथि ध्यान दिरहेका छन्। भारतले यूक्रेनलाई जी-२० मा निम्ति गरेन। यो पनि आरोप लगाइएको छ, भारतको जी-२० को अध्यक्षतामा पश्चिमी देशहरूले सदैव भारतसित चीनको संघर्षमा घिउ थप्ने काम गरेका छन्। लेखमा भारतको प्रशंसा गर्दै भनिएको छ, भारतले बहुपक्षीय कुटनीति एवं आर्थिक सुधारमाथि यस सम्पूर्ण आयोजनलाई केन्द्रित राख्ने प्रयास गरेको छ जुन सदैवदेखि यस मञ्चको मुख्य विषय रहिआएको छ। तर पश्चिमी देशहरू यस्तो चाहँदैनन्। आलेखमा चिन्ता व्यक्त गरिएको छ, अत्यन्त जटिल परिस्थितिहरूबीच पश्चिमी देशहरूको कारणले सायद इतिहासमा पहिलो पटक संयुक्त वक्तव्य जारी नगरियोस्। भारतले जी-२० शिखर सम्मेलनको लागि छः प्राथमिकताहरू क्रमैले हरित विकास र जलवायु वित्त, समावेशी विकास, डिजिटल अर्थव्यवस्था, सार्वजनिक बुनियादी ढाँचा, टेक्नोलजी ट्रान्सफर्मेशन र सामाजिक एवं आर्थिक प्रगतिको लागि महिला सशक्तिकरणमा सुधार गर्ने घोषणा गरेको छ। तथापि दिल्लीमा जी-२० सम्मेलन शुरू भइसकेको छ तथा अफ्रिकी संघलाई जी-२० को सदस्यता प्राप्तिसितै सम्मेलनको सफलताको पटकथा तयार भइसकेको छ। यूरीपेय संघपछि देशहरूको यो सबैभन्दा ठूलो समूह जी-२० मा सामेल भएको छ।
-हिस