मिरिकमा नि:शुल्क आँखा जाँच शिविर

IMG-20230909-WA0302.jpg

मिरिक: युनाइटेड क्रिश्चियन माइनोरिटी वेलफेयर सोसाइटी मिरिक द्वारा शनिबारको दिन मिरिक थानालाइन स्थित होली ग्रेस चर्चमा नि:शुल्क आँखा जाँच शिविर आयोजना गरिएको थियो। शिविरलाई सेन्टर फर आइ सिलीगुढी ले सहयोग गरेको थियो। यस शिविरमा मिरिक र आसपासका मानिसहरूलाई नि:शुल्क आँखा जाँच, शल्यक्रिया, औषधि र छुट मुख्यमा चश्मा उपलब्ध गराइएको थियो।

बिहान ११ बजेदेखि सुरु भएको शिविर दिउँसो ३ बजेसम्म चलेको थियो। शिविरमा करिब १०० जनाले निशुल्क आँखा उपचारका सेवा लिएका थिए। तीमध्ये १० जनाको नि:शुल्क आँखाको शल्यक्रिया मोतियाबिन्दु र अन्य अवस्थाका लागि गरिएको थियो। अवश्यकता अनुसार कतिले आ–आफ्नो प्रिस्क्रिप्शन अनुसार निशुल्क औषधि र छुट मुल्यमा चस्मा पनि पाएका छन्। शिविरमा सहभागीहरुलाई आँखा स्वास्थ्य शिक्षा र परामर्श पनि प्रदान गरिएको थियो।

शिविरको उद्घाटन युनाइटेड क्रिस्चियन माइनोरिटी वेलफेयर सोसाइटी मिरिकका महासचिव पास्टर सागर कार्कीडोलीले गरेका थिए, जसले शिविरमा आएका डाक्टरहरु र स्वयंसेवकहरुको स्वागत गर्नुका साथै वेन्यू प्रदान गर्नुभएकोमा स्थानिय पास्टर उमेश राईलाई पनि धन्यवाद प्रदान गरे। मिरिकमा रहेका अवश्यकमन्द मानिसहरु, बृद्दाबिद्ध, आर्थिक रुपमा कमजोर मानिसहरुलाई निशुल्क सेवा दिने र आँखाको स्वास्थ्यको महत्वबारे जनचेतना जगाउन यस शिविर आयोजना गरिएको उनले बताए। उनले आगामी दिनमा पनि यस्ता शिविरलाई निरन्तरता दिने बताए। शिविरलाई पास्टर उमेश राईको शुरुवाती प्रार्थनाद्वारा शुरु गरिएको थियो।

सेन्टर फर आइ साईट सिलिगुडीका बरिष्ठ नेत्रचिकित्सक डा° आशिफ हुसेनले यो शिविर खर्च उठाउँन नसक्ने मानिसहरूलाई गुणस्तरीय आँखा जाँच उपलब्ध गराउने आफ्नो सामाजिक दायित्वको हिस्सा भएको बताए। आँखा परिक्षण र शल्यक्रिया गर्न आधुनिक प्रविधि र उपकरण प्रयोग गरेको उनले बताए। मिरिकका जनतालाई नि:शुल्क आँखा उपचार गराएर जीवनमा परिवर्तन ल्याउन पाउँदा खुसी लागेको उनले बताए। शिविरले धेरै भन्दा धेरै मानिसहरुलाई आँखाको हेरचाह गर्न र आवश्यक परेको बेला सहयोग लिन प्रेरित गर्ने आशा पनि उहाँले व्यक्त गर्नुभयो।

सहभागीहरुले शिविरका आयोजक र सहयोगी हस्पिटल हरुलाई उनीहरुको सेवा र उदारताको लागि कृतज्ञता र प्रशंसा व्यक्त गरे। उनीहरूले आँखा जाँच वा उपचारका लागि सिलीगुढी वा दार्जिलिङ जान नसक्ने भएकाले शिविर उनीहरूका लागि निकै उपयोगी भएको बताए। उनीहरुले आँखाको कतिपय रोगहरुबाट बच्ने र त्यससित सम्बन्धीत उपचार, औषधि र चश्माको सही प्रयोग गर्ने बारे पनि धेरै कुरा सिकेको बताए।

यो नि:शुल्क आँखा जाँच शिविर मिरिक र आसपासका मानिसहरूलाई नि:शुल्क आँखा जाँच र सेवा प्रदान गर्ने एक सफल कार्यक्रम थियो। शिविर युनाइटेड क्रिस्चियन माइनॉरिटी वेलफेयर सोसाइटी मिरिक द्वारा आयोजित गरिएको थियो र सेन्टर फर आई साईट सिलिगुडीको डाक्टरहरु र स्वयंसेवकहरूको सहयोगमा शिविर सम्भव र सफल भएको थियो। शिविरमा निशुल्क आँखा परिक्षण, शल्यक्रिया, औषधि र छुट मुल्यमा चश्मा सहित करिब १०० जनाले लाभ उठाएका थिए। शिविरमा आँखाको स्वास्थ्य र आँखाको रोगबाट बच्न सचेतना र शिक्षा पनि प्रदान गरिएको थियो।

युनाइटेड खृष्टियान माइनोरिटी वेलफेयर सोसाइटी मिरिक का केन्द्रीय समितिका सदस्यहरु अध्यक्ष पास्टर केवल लामा, कोषाध्यक्ष श्री डीबी एन्ड्रुव राई, प्रवक्ता पास्टर लाडुप लेप्चा, कार्यकारी सदस्यहरू पास्टर उमेश राई, एल्डर सन्तोष गुरुङ, श्री अर्जुन राई, क्षत्रिय संयोजक पास्टर बिकाश दर्जी, आदि आज शिविरमा उपस्थित भएका थिए र सहयोग प्रदान गरेका थिए।

About Author

Advertisement