सिलगढीको ३३ नम्बर वार्डमा मादक पदार्थ सेवन गर्नेहरूको अड्डा तथा हमलाको आरोप

Capture2-6.png

सिलगढी: सिलगढीको ३३ नम्बर वार्डमा मादक पदार्थ सेवन गर्नेहरूको अड्डा भएकोले गर्दा स्थानीय एउटा परिवारले यसको प्रतिवाद गरेपछि तिनीहरूमाथि हमला गरेको अभियोग उठेको छ। मेयर गौतम देव हिजो राति उक्त इलाकामा गएर परिवारका सदस्यहरूसित भेट गरे। यस अवधि मेयरले दुवै पक्षबाट घटनाबारे विस्तृत रूपमा जानकारी लिनको साथै पुलिसलाई मामिलाको छानबीन गर्ने निर्देश दिएका छन्। स्मरण रहोस्, गत सोमबार सूर्यसेन कोलनीको लोकनाथ मन्दिर नजिक मादक पदार्थ सेवन गर्नेहरूको अड्डा हुने गरेकोले स्थानीय एउटा परिवारले यसको विरोध गर्दा तिनीहरूले परिवारका सदस्यहरूमाथि हमला गरेको अभियोग उठेको थियो। घटनाबारे गत मङ्गलबार एनजेपी थानामा अभियोग दर्ता गरेपछि पुलिसले एकजना युवकलाई पक्राउ गरेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *