नगाउँ: नगाउँ जिल्लाको जाजरी थाना अन्तर्गत बगरीगुड़ी-बामुनगाउँ सम्पर्क मार्गमा बाघाना पुलमाथिबाट बुधवार पानीमा झरेपछि हराएको किशोरीको शव आज उद्धार गरियो। मृतक किशोरी भालुकमारीको धर बरदलैको १४ वर्षीय छोरी बताइएको छ।
घटनाकै दिन पुलिस र नगाउँ सदरका सर्किल अधिकारी इसान सिंहको उपस्थितिमा एसडीआरएफको टीमले केटीको खोज जारी राख्यो। अबेर रातिसम्म एसडीआरएफका जवान किशोरीलाई रेस्क्यू गर्न सकेनन्। तर पुलिस बिहिवार पुलमुनि पानीबाट केटीको शव उद्धार गर्नमा सफल रह्यो। बिहान ६ बजी जाजरी पुलिसले पुलमुनि पानीमा तैरीरहेको केटीको शव उद्धार गऱ्यो।
पुलिसले शवलाई पोस्टमार्टमको निम्ति नगाउँ भोगेश्वरी फुकननी सिविल अस्पताल पठाएको छ।