जल जीवन मिशन अन्तर्गत १३ करोड़ ग्रामीण परिवारहरूले पाए नलबाट जल

00-1-Jal-Jiwan-Mission

नयाँ दिल्ली: जल जीवन मिशनले १३ करोड़ ग्रामीण परिवारहरूलाई नलबाट जल कनेक्शन दिएर एउटा माइल खुट्टी हासिल गरेको छ। ग्रामीण नल कनेक्शन दिने मिशन अन्तर्गत अगस्त २०१९- मा ३.२३ करोड़ घरहरूदेखि बढ़ाएर केवल चार वर्षमा १३ करोड़ घरहरूमा नलबाट जलको कनेक्शन दिसकिएको छ। केन्द्रिय जल शक्ति मन्त्रालयको आँकड़ा अनुसार अब देशका १४५ जिल्ला र १,८६,८१८ गाउँहरूमा सय प्रतिशत नलबाट जलापूर्ति भइरहेको छ। हरेक सेकेण्डमा एउटा नल जलको कनेक्शन दिँइदैछ जसबाट देशको ग्रामीण परिदृश्य नै परिवर्तन भइरहेको छ। एक जनवरी, २०२३- देखि हरेक दिन लगभग ८७,५०० नल कनेक्शन दिँइदैछ। उत्तर प्रदेशमा जनवरी २०२३ देखि ६१.०५ लाख कार्यात्मक घरेलू नल कनेक्शन दिसकिएको छ। बिहारमा ९६.३९ प्रतिशत, मिजोरममा ९२.१२ प्रतिशत घरहरूमा नलबाट जल पुगिसकेको छ।

देशमा ५.२७ लाखभन्दा अधिक ग्राम जल एवं स्वच्छता समितिहरू, पानी समितिहरू गठन गरिएको छ तथा ५ लाख १२ हजार ग्राम कार्य योजनाहरू तयार गरिएको छ जसमा पेयजल श्रोत सम्द्धर्धन, ग्रे-वाटर उपचार औ यसको पुन:प्रयोग र नियमित योजनाहरू सामेल छन्। गाउँमा जलापूर्ति प्रणालीहरूको संचालन एवं रखरखावको प्रावधान पनि छ। जल जीवन मिशनको घोषणा प्रधानमन्त्री नरेन्द्र मोदीले १५ अगस्त, २०१९ मा लाल किल्लाको प्राचीरबाट गरेका थिए। यसमा छःवटा राज्यहरू क्रमैले गोवा, तेलंगाना, हरियाणा, गुजरात, पंजाब र हिमाचल प्रदेश लगायत तीनवटा केन्द्रशासित प्रदेशहरू क्रमैले पुदुचेरी, डी एण्ड डी एवं डी एण्ड एनएच औ ए एण्ड एन द्वीप समूहमा सय प्रतिशत कभरेज भइसकेको छ।

जल शक्ति मन्त्रालय अनुसार ग्राम सभाहरूको माध्यमबाट पुष्टि गरिएको छ कि गाउँका सबै घरमा पानीको पर्याप्त, सुरक्षित औ नियमित आपूर्ति भइरहेको छ। जल जीवन मिशनको शुभारम्भको समयमा १.७९ करोड़ जनसंख्या (आर्सेनिक-१.१९ करोड़, फ्लोराइड-०.५९ करोड़) भएका २२.०१६ बस्तीहरू (आर्सेनिक-१४,०२० फ्लोराइड-७,९९६) को पेयजल श्रोत आर्सेनिक एवं फ्लोराइडबाट प्रदूषित थिए। राज्य एवं केन्द्रशासित प्रदेशहरूको रिपोर्ट अनुसार अब सबै आर्सेनिक फ्लोराइड प्रभावित बस्तीहरूमा सुरक्षित पेयजल उपलब्ध छ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement