कोटा: उपराष्ट्रपति जगदीप धनखड़ले आज शिक्षक दिवसको अवसरमा कोटामा आयोजित शिक्षक तथा केन्द्र र राज्य सरकारका सेवानिवृत्त कर्मचारीहरूको अभिनन्दन समारोहलाई सम्बोधन गर्दै आफ्नो जीवनका उपलब्धिहरूलाई सैनिक स्कूल चित्तौड़गढ़का शिक्षकहरूप्रति समर्पित गरे। उनले भने, ‘यद्यपि मेरो जैविक जन्म मेरो गाउँ किठाणामा भएको भए पनि मेरो असली जन्म सैनिक स्कूल चित्तौड़गढ़मा भयोl’ जीवनमा गुरूको महत्वमाथि सन्त कबीरको दोहालाई उद्धृत गर्दै उपराष्ट्रपतिले भने, ‘गुरूको चरणको आशीर्वाद पाउनु आवश्यक छ, ईश्वर आफै-आफ पाइन्छl’
यस अवसरमा उनले भने, ‘कोटा आज भारतको नलेज सेन्टर भएको छ जुन युवाहरूको आकांक्षाको केन्द्र हो। यहाँ देशभरिका युवाहरू आउँछन्। उनले भने, आजका युवा आगामी वर्ष २०४७ का भावी योद्धा हुन् जसले भारतलाई विकसित बनाउनेछन्l’ हालका वर्षहरूमा भारतले हासिल गरेका प्रगतिहरूको चर्चा गर्दै उनले भने, ‘विगत दश वर्षको अन्तरालमा भारत फ्रेजाइल फाइभदेखि बढ़ेर विश्वको पाँचौ सबैभन्दा ठूलो अर्थव्यवस्था भएको छ। यस सूचीमा हामीले ब्रिटेनलाई पछि पारेका छौं जसले भारतमाथि कैयौं शताब्दिसम्म शासन गऱ्योl’ उपराष्ट्रपतिले भने, ‘प्रगति हुँदाहुँदै पनि कतिपय मानिसहरूले विरोध गरिरहेका छन्। यस्ता मानिसहरूले विरोध मात्र गर्दछन्, तर विमर्श वा बहस गर्दैनन्l’ यस सन्दर्भमा उनले चिन्ता व्यक्त गरे कि यस्तो वर्गले हाम्रा संस्थाहरूको कारबाहीमा व्यवधान सृजना गर्दछ, उनीहरूको प्रतिष्ठामा चोट पुऱ्याउँछ। उनले तत्कालिक लाभको लागि जनताको स्थायी सशक्तिकरणको सट्टा आफ्नो खल्ती भर्ने प्रवृत्तिको आलोचना गर्दै भने, ‘आजको भारत परिवर्तन भइसकेको छl’ यस अवसरमा लोकसभा अध्यक्ष तथा कोटाका सांसद ओम बिरला, केन्द्रिय कोइला, खान तथा संसदीय कार्यमन्त्री प्रल्हाद जोशी सहित क्षेत्रका विधायक, पूर्व जनप्रतिनिधि, वरिष्ठ अधिकारी औ ठूलो संख्यामा शिक्षक समुदाय र सेवानिवृत्त सरकारी कर्मचारीहरू उपस्थित थिए। –हिस