देशमा यूपीआईबाट लेनदेन १०० अरबसम्म पुग्ने क्षमताः दिलीप असबे

00-1-Rashtriya-Samachar-1

नयाँ दिल्ली: भारतीय राष्ट्रिय भुकतान निगम (एनपीसीआई) का प्रबन्ध निदेशक (एमडी) र मुख्य कार्यपालक अधिकारी (सीईओ) दिलीप असबेले भारतसित यूनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) को माध्यमले १०० अरबभन्दा पनि धेरै लेनदेन गर्ने क्षमता छ भनेका छन्। देशमा वर्तमान समयमा यूपीआईबाट हुने मासिक लेनदेनको १० गुणा हुनेछ। दिलीप असबेले मंगलवार यहाँ ग्लोबल फिनटेक फेस्ट (जीएफएफ) २०२३ समारोहलाई सम्बोधित गर्दै भने, ‘भारतसित यूपीआईको माध्यमले १०० अरबभन्दा पनि धेरै लेनदेन गर्ने क्षमता छ। वर्तमानमा देशभित्र ३५ करोड़ मानिसहरूले यूपीआई प्रयोग गरिरहेका छन्। यसको वर्तमान संख्यामा तीन गुना बढ़ोतरीको सम्भावना छl’ उनले यो लक्ष्य प्राप्त गर्न समय सीमा भने उल्लेख गरेनन्, तर २०३० सम्म यूपीआईद्वारा प्रत्येक दिन दुई अरब लेनदेन हुने बताए। वर्ष २०१६ मा एकीकृत भुकतान मंचको रूपमा यूपीआईको शुरूवातपछि यसको माध्यमद्वारा हुने लेनदेनको संख्या अगस्त महिनामा १० अरबभन्दा धेरै पुगेको छ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement