खाम्दोङमा जनचेतना तथा ग्वाला समावेशी कार्यक्रम सम्पन्न

IMG-20230905-WA0341.jpg

सिङतामः दूध उत्पादक सहकारी संगठन अनि राष्ट्रिय डेयरी विकास बोर्डको संयुक्त तत्वावधानमा गान्तोक जिल्लाको खाम्दोङमा हिजो जनचेतना तथा ग्वाला समावेशी कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा सिङबेल, साङ्ग अनि खाम्दोङका ग्वालाहरूलाई समेटेर संगठन साथै सरकारद्वारा उनीहरूको हितमा कार्यान्वयन गरिएका विविध विषयहरूबारे जानकारी गराउने कार्य गरियो। यस अवधि सिक्किम मिल्क युनियनका अध्यक्ष यमकुमार मिश्रको मुख्य उपस्थितिमा खाम्दोङको लोवर सिमिक एमपीसीएसमा अवस्थित दूध जमा केन्द्रमा बल्क मिल्क कुलरको उद्घाटन गरियो। कार्यक्रममा राष्ट्रिय सहकारी डेरी महासंघका अध्यक्ष मंगलजीत राई, सिक्किम मिल्क युनियनका महाप्रबन्धक डा. तिलक घतानी, बोर्ड मेम्बर देवीप्रसाद तिमसिना, नाबार्डका डीजीएम, जिल्ला पञ्चायत, ग्राम पञ्चायत सदस्य, ब्याङ्कका प्रतिनिधिहरू, विभागीय अधिकारीहरू, १६ वटा दूध उत्पादक सहकारी समितिका अध्यक्ष, सचिवगण लगायत ग्वालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सिक्किम मिल्क युनियनका अध्यक्ष यम कुमार मिश्रले दूध उत्पादक कृषकहरूलाई डेरी एकाईमार्फत आयस्रोतमा वृद्धि गर्न समर्पित भएर कार्य गर्नुपर्ने आह्वान गर्दै दूधको गुणस्तरलाई ध्यान दिनुपर्ने सुझाउ दिए। संगठन र समितिमार्फत एएमसीयु मशीनमार्फत दूधको गुणस्तर जाँच रशिद अनुरुप मूल्य भुक्तान गर्नुपर्ने कुरामाथि उनले जोर दिए। यसरी नै राष्ट्रिय सहकारी डेरी महासंघका अध्यक्ष मंगलजीत राईले सिक्किम राज्यमा ग्वालाहरूले दूधको मूल्यसँगै सरकारीद्वारा प्रदान गरिएको प्रोत्साहन राशि त्यति धेरै गरेर अन्य कही पनि नपाएको जानकारी गराए। यसलाई दीर्घमियादी बनाउन कृषकहरूले दूधको गुणस्तरमा ध्यान दिनुपर्ने आह्वान गरे।

सिक्किम मिल्क युनियनका महाप्रबन्धक डा. तिलक घतानीले दुग्घ समिति र संगठन कसको अनि कहिले शुरु गरिएको भन्ने पृष्ठभूमिबारे प्रष्ट पार्दै ग्वालाहरूबाट दूध संकलन, त्यसको प्रौद्योगिकीकरण, बजारीकरण आदि प्रणालीबारे जानकारी गराए। ग्वालाहरूद्वारा नै बनिएको दुग्घ सहकारी संगठनका साँचो मालिक ग्वालाहरू नै रहेको उनले प्रष्ट पारे। उनले संगठनदेखि बाहिर रहेका कृषकहरूलाई संगठनसँग जोड़्नुपर्ने कुरामाथि पनि जोर दिए। यस अवधि उनले ग्वालाहरूसँग अन्तर्क्रिया गर्दै उनीहरूको समस्या, विचार सुन्ने कार्य पनि गरे।

कार्यक्रममा पशुपालन विभागका अधिकारीद्वारा लम्पी रोगबारे जानकारी गराए भने नाबार्डका डीजीएम, सिस्को अनि एसबीआईका शाखा प्रबन्धकहरूले ब्याङ्कमार्फत ग्वालाहरूले कसरी लोन लिन सकिन्छ भन्ने प्रक्रियाबारे जानकारी गराए। कार्यक्रममा “ग्वाला सन्देश’’ पर्चा अनि वृतचित्र प्रस्तुत गरियो। यी पर्चा अनि भिडियोमार्फत संगठन अनि राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा ग्वालाहरूको हितमा गरिएका घोषणाहरूसँगै राज्य सरकारद्वारा राज्यका ग्वालाहरूको निम्ति गरिएका कार्यहरू दर्शाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement