सेल्फ डिफेन्स सितो-रियो कराँते डो-द्वारा शिक्षक दिवस पालन

IMG-20230905-WA0349.jpg

गान्तोकः सेल्फ डिफेन्स सितो-रियो कराँते डो-को पहलमा आज पाकिम जिल्लाअन्तर्गत रिनाक बजारको कर्बड हलमा शिक्षक दिवस पालन गरियो। कराँते प्रमुख प्रशिक्षक सिहान कूलहरि राई, कराँते एसोसिएशनका उपाध्यक्ष धनलक्ष्मी छेत्री लगायत अन्यहरूको उपस्थितिमा शिक्षक दिवस पालन गरेको जानकारी गराइएको छ।

शिक्षक दिवसको अवसरमा विशेष शुभकामना व्यक्त गर्दै सिहान राईले नानीहरूलाई आज सिक्किम सरकारले खेल र खेलाड़ीहरूलाई प्रोत्साहित गरिरहेको प्रशंसा गर्दै आफ्नो सुन्दर राज्यमा सेल्फ डिफेन्स कराँते खेलबाट लिएका अनुशासन पालन गर्नुपर्ने सुझाउ दिए। उनले विद्यार्थीहरूलाई समाजमा राम्रो भूमिका निर्वाह गर्नुपर्ने अपील गरे।

विशेष कराँते खेललाई बढ़ावा अनि विकासमा रिनाक साथै अन्य क्षेत्रका अभिभावक, बुद्धिजीवी, खेल प्रेमीहरूबाट धेरै सहयोग र माया पाइरहेको मन्तव्य प्रकट गरे। उनले उपस्थित प्रशिक्षार्थीहरूलाई कराँते खेलद्वारा आफ्नो राज्यदेखि राष्ट्रिय अनि अन्तर्राष्ट्रिय स्तरसम्म आफ्नो ख्याति प्राप्त गर्ने सुझाउ दिए।

About Author

Advertisement