आईसीसी वर्ल्ड कपः दक्षिण अफ्रिकाले गऱ्यो टीमको घोषणा

IMG-20230905-WA0276.jpg

५ सेप्टेम्बरः क्रिकेट दक्षिण अफ्रिकाले मंगलवार यस साल भारतमा हुने आईसीसी वनडे वर्ल्ड कपको निम्ति आफ्नो १५ सदस्यीय टीमको घोषणा गऱ्यो। तेम्बा बावुमा टीमका कप्तान हुनेछन्। यस टीममा दाहिने हातका युवा पेस बलर गेराल्ड कोएत्जीले पनि स्थान पाएका छन्, जसले यस सालको शुरुवातमा अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए। उनले अहिलेसम्म २ वटा वनडे म्याचमा ५ विकेट लिएका छन्। टीममा क्विण्टन डी कक, रीजा हेण्ड्रिक्स, हेनरिक क्लासेन, एडेन मार्करम, डेविड मिलर र रासी भेन डेर डुसेन जस्ता अनुभवी ब्याटर रहेका छन्। पेस आक्रमणको अगुवाई कगिसो रबाडाले गर्नेछन्, जसमा एनरिक नोर्खिया र लुंगी एनगिडी जस्ता दिग्गज बलर पनि सामेल छन्। उपमहाद्वीपको परिस्थितिहरूलाई ध्यानमा राखेर टीममा दुईजना विशेषज्ञ स्पिनरको रूपमा केशव महाराज र तबरेज शम्सीलाई स्थान दिइएको छ। वर्ल्ड कपमा दक्षिण अफ्रिकाले ७ अक्टोबरमा श्रीलंका विरुद्ध म्याचको साथ अभियान शुरु गर्नेछ। यसअघि टीमले २९ सेप्टेम्बरमा अफगानिस्तान र २ अक्टोबरमा न्यूजील्याण्ड विरुद्ध अभ्यास म्याच खेल्नेछ।
वर्ल्ड कपको निम्ति दक्षिण अफ्रिकी टीमः
तेम्बा बावुमा (कप्तान), गेराल्ड कोएत्जी, क्विण्टर डी कक, रीजा हेण्ड्रिक्स, मार्को जानसेन, हेनरिक क्लासेन, सिसंडा मगाला, केशव महाराज, एडेन मार्करम, डेविड मिलर, लुंगी एनगिडी, एनरिक नोर्खिया, कगिसो रबाडा, तबरेज शम्सी, रासी भेन डेर डुसेन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement