विद्यार्थीहरूको निम्ति मानसिक स्वास्थ्यबारे सचेतना कार्यक्रम आयोजित

IMG-20230905-WA0343.jpg

गान्तोकः सिक्किम स्टेट आयुष सोसाइटी र स्वास्थ्य अनि परिवार कल्याण विभागको संयुक्त पहलमा गान्तोकको विद्यालयहरूमा विद्यार्थीहरूलाई लिएर मानसिक स्वास्थ्य सम्बन्धित आयुर्वेद्या आयुष स्कूल स्वास्थ्य कार्यक्रम आयोजना गरियो। यस कार्यक्रम आयोजना गरिनुको प्रमुख लक्ष्य र उद्देश्य विद्यार्थीहरूलाई मानसिक स्वास्थ्यबारे अधिक जानकारी गराउनु रहेको थियो।

विशेष गरेर किशोर-किशोरी अवस्थामा विद्यार्थीहरूलाई मानसिक स्वास्थ्यबारे बुझाउनु अर्को लक्ष्य रहेको छ। यस प्रकारको कार्यक्रमले विद्यार्थीहरूको दैनिक जीवनमा आइपर्ने विभिन्न प्रकारको समस्याहरूलाई प्रभावकारी रूपमा समाधान गर्न आवश्यक सीपहरू प्रदान गर्न पनि केन्द्रित छ। यस अवसरमा १२ सय भन्दा अधिक विद्यार्थीहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा स्रोतवक्ताकोरूपमा डा. यमुना शर्मा, डा. एमपी दास लगायत अन्यहरूको पनि सहभागिता रहेको थियो।

About Author

Advertisement