राभाङलामा पालन गरियो शिक्षक दिवस

IMG-20230905-WA0342.jpg

एसकेएम सरकारले शिक्षाको क्षेत्रमा ठूलो विकास गरेको छः विधायक टी टी भोटिया

गान्तोक: शिक्षक दिवसको पावन अवसरमा आफ्नो निर्वाचन क्षेत्रका समस्त शिक्षकहरूलाई सम्मान जनाउँदै आज बर्फुङ निर्वाचन क्षेत्रका क्षेत्र- विधायक टी टी भोटियाको पहलमा राभाङ्ला बुद्ध पार्क परिसरमा शिक्षक दिवस पालन गरियो। आजको कार्यक्रम प्रमुख अतिथिकोरूपमा क्षेत्र विधायक टी टी भोटीयाको रहेका थिए। कार्यक्रममा बर्फुङ निर्वाचन क्षेत्रका सिएलसीका मुख्य समन्वयक किरण गुरुङले स्वागत सम्भाषणमा क्षेत्र विधायकको पहल र दर्शनमा निर्वाचन क्षेत्रका शिक्षकहरुलाई एउटै छहारीमा ल्याएर सम्मान जनाइने कार्यक्रम समस्त राभाङ्ला क्षेत्रमा नै पहिलोचोटि आयोजना गरिएको बताए। कार्यक्रममा क्युजिङ वरिष्ठ माध्यमिक विद्यालयकी शिक्षिका सृजना राईले शिक्षक दिवसको महत्त्वबारे प्रकाश पारिन्। आजको कार्यक्रममा आफ्नो सम्बोधन राख्ने क्रममा क्षेत्र विधायकले उपस्थित सम्पूर्ण शिक्षक शिक्षिकाहरुलाई शिक्षक दिवसको शुभकामना व्यक्त गरे। आफ्नो निर्वाचन क्षेत्रका सम्पूर्ण शिक्षकहरुले शिक्षाको क्षेत्रमा ठूलो योगदान पुर्‍याइरहेको महसुस गरेर साथै कतिपय प्राथमिक पाठशालाहरुमा धेरै स- साना विद्यार्थीहरुमात्र रहेको कारण शिक्षक दिवस कार्यक्रम आयोजना नभइरहेको कुरा जान्नमा आएपछि पनि उनले यो कार्यक्रम आयोजना गरिनुपर्ने आवश्यकता देखेर यस प्रकारको कार्यक्रम आयोजना गरेको मन्तव्य प्रकट गरे। यसरी समस्त शिक्षकहरूलाई एउटै ठाउँमा भेला गरेर सम्मान जनाउने कार्यक्रम गर्न पाउँदा खुशी महसुस गरे। कार्यक्रम आयोजना गर्नको निम्ति राज्यका मुख्यमन्त्री स्वंयले विभागीय अधिकारीहरुसँग बातचीत गरेर कार्यक्रम गर्ने आधिकारिक अनुमति दिलाउन महत्त्वपूर्ण सहयोग गरिदिएकोमा भएकोमा मुख्यमन्त्री पीएस गोलेप्रति साथै शिक्षा विभाग मन्त्री कुंगा निमा लेप्चाप्रति आभार प्रकट गरे।

एसकेएम पार्टी सरकार आएपछि शिक्षाको क्षेत्रमा धेरै विकास भएको बताउँदै अहिले शिक्षक नियुक्तिमा कुनै प्रकारको धाँधली नभएर योग्य साथै तालिमप्राप्त शिक्षकहरुको प्राथमिकता दिएको अवगत गराए । सरकारले कसैलाई काखा कसैलाई पाखा नगरी सबै शिक्षकहरुलाई समान दर्जा दिँदै शिक्षकहरुको हितमा पनि धेरै कार्य गरिरहेको बताए। आफ्नो निर्वाचन क्षेत्रमा सबै स्कूलहरु सुचारुरुपले संचालन भइरहेकोमा आफू संतुष्ट रहेको जानकारी गराए। विशेषगरी अभिभावकहरुको सहभागिता स्कूलमा अझ बढ्न सकोस र विद्यार्थीहरुको उन्नति हुन सकोस् भनेर स्कूलमा अभिभावकको सभा आयोजना गर्ने साथै अभिभावहरुको व्हाटसप ग्रुप पनि खोलेर अझ प्रभावकारी ढङ्गमा स्कूल संचालन गर्नसक्ने सुझाव दिए। आफू पनि यो ओहोदामा आउन सक्षम बनेको श्रेय आफुलाई विद्यार्थी छँदा पढाउने शिक्षकहरुलाई दिँदै उनीहरूलाई सम्मान गर्द‌ै सम्झना गरे। आजको कार्यक्रममा ०९ बर्फुङ निर्वाचन क्षेत्रभित्र पर्ने लगभग ४२ वटा स्कूलका शिक्षक-शिक्षिकावर्गलाई क्षेत्र विधायकले माल्यअर्पणका साथ स्मृति चिन्ह साथै उपहार प्रदान गरेर सम्मान जनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement