अनित थापाको बाहुलीबाट गोदामधुरा, ह्याप्पी भ्याल्लीमा नव सुधार सामाजिक भवनको शिलान्यास

IMG-20230905-WA0270.jpg

दार्जिलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट गोदामधुरा, ह्याप्पी भ्याल्लीमा नव सुधार सामाजिक भवनको शिलान्यास गरिएको छ। यस अवसरमा जीटीए प्रमुख अनित थापा भन्छन, ‘चुनावको समय यो क्षेत्रमा म आएको थिए। यहाँको दुःख देखेको थिए। मैले वहाँहरुलाई यहाँको बाटो अनि सामाजिक भवन निर्माण गर्ने वचन दिएको थिए। मैले भनेको थिए, “मलाई भोट दिनु नदिनु तपाईंहरूको इच्छा हो। तर तपाईंहरूको दुःख बिसाउने काम म अवश्य गर्नेछु।”

‘म गई सकेपछि कुरा चल्यो। चुनाव सक्छ। फर्केर आउँदैन।
तर म यहाँ फर्केर आए। त्यो पनि मैले दिएको वचनको उपहार लिएर। चाँपबोटे अनि छत्तीवान धुरालाई जोड्ने ६.५ किलो मीटर बाटो अनि नव सुधार सामाजिक भवन, गोदाम धुरा, ह्याप्पी भ्याल्लीमा शिलान्यास पनि गरेको छु। सबैले विकासको उपभोग गर्नुहोस।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement