मालबजार: ईद-उल-अजहाको नमाज माल र क्रान्ति ब्लकका विभिन्न स्थानमा भव्यरुपमा सम्पन्न भयो। इद उल अजहाको नमाज मालबजार शहर, कुमलाई, तेशिमला, ओदलाबारी बजार, हिन्दी स्कुल, घिस बस्ती, दक्षिण ओदलाबारी र क्रान्ति ब्लकका विभिन्न मस्जिद परिसरमा अदा गरिएको थियो। ईदगाह मैदान विभिन्न प्रकारका खानेकुरा पसल, मेलाका रूपमा विभिन्न खेलौना पसलहरूले भरिएको थियो।