गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङको दिशानिर्देश बमोजिम तादोङ निर्वाचन क्षेत्रका विधायक जिटी ढुङ्गेलले आज शान्ति सेवा समितिद्वारा आयोजना गरिएको सभामा सहभागिता जनाए।तादोङस्थित कलेज भ्याल्लीमा आयोजित सभामा विधायक ढुङ्गेल मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए।डम्बर सिंह गुरूङको अध्यक्षतामा १९८६ मा स्थापना भएको संस्थाले शुरूदेखि नै विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ। यस अवसरमा विधायक ढुङ्गेलले स्थानीयहरूसँग अन्तक्रिया गर्दै उनीहरूको गुनासो र समस्याबारे बुझ्ने कोशिष गरे। उक्त सभामा संस्थाले स्थानीयहरूको तर्फबाट विभिन्न सामुहिक माग राखे, जसमा देबी मन्दिरसम्म पुग्ने सडक, पिण्डस्थल, स्ट्रीट लाइट, पक्का सडक, सीसी क्यामेरा, फुटपाथ मरम्त साथै रेलिङ आदि रहेका छ।सबै समस्यालाई ध्यानमा राख्दै कतिपय काम निर्माणको निम्ति अनुमोदन गर्दै रहल काम पनि समयमा नै पुरा गर्ने आश्वासन दिए।










